काभ्रेमा तीन अस्पतालको शिलान्यास, दुईको हुन सकेन – Kanika Khabar
Thursday, March 28Nepali News Portal

काभ्रेमा तीन अस्पतालको शिलान्यास, दुईको हुन सकेन

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, काभ्रे
काभ्रेमा आज तीन अस्पतालको शिलान्यास भएको छ । धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र भुम्लु गाउँपालिकाको अस्पताल शिलान्यास भएको हो । धुलिखेल नगरपालिकाको काभ्रे स्वास्थ्य चौकीमा बन्न लागेको अस्पतालको धुलिखेलका नगरप्रमुख अशोककुमार व्याञ्जूले शिलान्यास गर्नुभएको थियो । त्यस्तै रोसी गाउँपालिकाको खहरेपाँगुमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष डीबी लामा र अस्पतालका अध्यक्ष गणेश लामाले शिलान्यास गरेका थिए । भुम्लु गाउँपालिकाको भुम्लु स्वास्थ्य चौकीमा बन्ने अस्पतालको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले शिलान्यास गरेका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेका पाँच स्थानीय तहमा अस्पताल निर्माणका लागि छनौट गरेको भएपनि महाभारत र खानीखोलामा भने शिलान्यास हुन सकेन । महाभारतमा घर्तीछापमा बनाउने की बनखुमा बनाउने भन्ने एकिन हुन नसक्दा शिलान्यास हुन नसकेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्