घोराही, १५ मंसिर । सुरक्षित आप्रवासन परियोजना (सामी)ले अहिले जिल्लाका विभिन्न वडाका ग्रामीण वस्तीहरुमा सुरक्षित वैदेशिक रोजगारका लागि अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगएवम् जिल्लाको तुलसीपुर, घोराही उपमहानगरपालिका, लमही नगरपालिका र ववई गाउँपालिकासँगको सहकार्यमा मानवअधिकार एवम् सरोकार केन्द्रद्धारा संचालित उक्त कार्यक्रममा बैदेशिक रोजगारसँग जोडिएका व्यक्ति, वैदेशिक रोजगारको लागि संभावित व्यक्ति र उनीहरुको परिवारको लागिसमुदाय मै पुगेर अभिमुखिकरण कार्यक्रम थालेको हो ।
परियोजनाले अहिले जिल्लाका घोराही, तुलसीपुर, लमही र ववई गरी चार वटै पालिकाका विभिन्न वडाका ग्रामीण वस्तीहरुमा पुगेर सामुदायिक अभिमुखिकरण गरिरहेको छ । परियोजनाले संचानलगर्दै आइरहेको सुचना परामर्श अन्तरगतगतकात्तिकदेखि वैदेशिक रोजगारसँग जोडिएका र सम्भावितएवम् उनीहरुको परिवारको लागि सामुदायिक अभिमुखिकरण थालेको हो ।
जस अन्तरगत वैदेशिक रोजगारलाई कसरी सुरक्षित बनाउने, सही सुचना कसरी लिने र वैदेशिक रोजगारलाई लाभदायी बनाउनको लागिगरिने प्रयासका बारेमा जानकारी दिन थालिएको परियोजनाकी सुचनातथा परामर्शकर्ता रीता लामाले जानकारी दिएकी छिन ।
‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारमाजाने नै भए सही सुचनालिएर, सीपसिकेर मात्रजाँऔ’ भन्ने मुख्यनारा सहित संचालत सामी परियोजनाले सुचना, सीप, न्याय, मनोपरामर्श र वित्तिय व्यवस्थापनको काम गर्दै आइरहेको छ ।