अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण – Kanika Khabar
Sunday, July 19Nepali News Portal

अमेरिकी पाठ्यक्रममा सच्याइयो बुद्धबारे गलत विवरण

    मा प्रकाशित

 

संयुक्त राज्य अमेरिकाको न्यूयोर्क राज्यको माध्यमिक तहका पाठ्यक्रममा शान्तिका अग्रदूत गौतम बुद्ध भारतमा जन्मिएको भनी राखिएको गलत विवरण सच्याइएको छ ।

नेपाली मूलका एक समाजसेवीको पहलमा त्यहाँको शिक्षा विभागअन्तर्गत कक्षा ६ र ९ को ‘सामाजिक शिक्षा र कला तथा प्रविधि’ कक्षा ११ र १२ को ‘विश्वव्यापी इतिहास’ विषयमा भएका ‘बुद्ध वाज बर्न इन इण्डिया’ जस्ता गलत विवरण सच्याएको हो ।

समाजसेवी तथा क्विन्स कम्युनिटी वोर्ड–५ का सदस्य ज्ञानल थापाको पहलमा सो राज्यको शिक्षा विभागले त्रुटि सच्याउने निर्णय गरेको हो । समाजसेवी थापाले नेपालको राष्ट्रिय स्वाभिमान, स्वाधीनता, पहिचान, दिगो विकास र समृृद्धिका लागि जहाँ रहेर पनि सक्रिय रहने सङ्कल्प गरे । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्