कनिका खबर
मंसिर १६, दाङ ।
काेराेना भाइसरका सङ्क्रमणका कारण दाङका थप १ जनाकाे मृत्यु भएकाे छ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको हाे । दाङको तुलसीपुर उपमहानगरपालिका–५ का ५५ वर्षीय महिलाको आज मंगलबार बिहान साढे ८ बजे मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार ती महिलाको मंसिर ११ गते दाङमा पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएकाे थियाे ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई मंसिर १४ गते बुटवल लगिएकाे थियो ।