कनिका खबर
मंसिर १६, झापा ।
झापामा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमित महिलालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि ३६ वर्षीया महिलालाई विराटनगर लैजाने क्रममा मंगलबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सोमबार कोरोना जाँच गर्दा महिलालाई कोरोना पोजेटिभ देखिएको थियो । चौलागाईंका अनुसार झापामा संक्रमितको संख्या ३ हजार ८३१ छ । संक्रमित मध्ये ११० जनाको मृत्यु भएको छ ।