नेकपा सचिवालय बैठक दिउँसो एक बजे बस्ने – Kanika Khabar
Friday, March 13Nepali News Portal

नेकपा सचिवालय बैठक दिउँसो एक बजे बस्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, काठमाडौं
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेका लागि आजको बैठक बोलाइएको छ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा आफू सहभागी नहुने बताउनुभएको छ । हिजोको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको प्रस्ताव माथि औपचारिक छलफल सुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । बालुवाटारमा हिजो बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको र थप छलफल आज हुने हिजो बैठक सकिएपछि प्रवक्ता श्रेष्ठले बताउनुभएको हो । प्रवक्ता श्रेठका अनुसार आज दिउँसो १ बजे सचिवालय बैठक बस्नुअघि पहिले अनौपचारिक रूपमा पनि नेताहरूबीच छलफल हुनेछ । प्रधानमन्त्री ओलीले बैठकमा आफू उपस्थित नहुने बताएपछि बैठक कसरी अगाडी बढाउने भनेर नेताहरूले छलफल गर्न लागेका हुन् । प्रचण्डले गत कार्तिक २८ र प्रधानमन्त्री ओलीले मंसिर १३ मा छुट्टाछुट्टै प्रतिवेदन सचिवालयमा प्रस्तुत गर्नुभएको थियो । दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलग अलग रुपमा लाने भन्ने बारेमा पनि नेताहरुबीच छलफल भएको छ, तर टुङ्गो भने लागेको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्