तापमान नियन्त्रणको लक्ष्य हासिल हुनसक्ने – Kanika Khabar
Tuesday, March 21Nepali News Portal

तापमान नियन्त्रणको लक्ष्य हासिल हुनसक्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ
जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढेको भनेर वैज्ञानिकहरूले चिन्ता गरिरहेका बेला एक समीक्षात्मक अध्ययनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको लक्ष्य हासिल हुन सक्ने देखाएको छ । ‘क्लाइमेट एक्सन ट्र्याकर’ समूहले गरेको सो प्रक्षेपणअनुसार चीनले हालसालै जलवायु परिवर्तनबारे व्यक्त प्रतिबद्धता र अमेरिकी राष्ट्रपति पदमा विजयी जो बाइडेनको प्रस्तावित योजनाले सो लक्ष्य हासिल गर्न सहयोग पुग्नेछ । दुवै राष्ट्रका नेतृत्वले गरेको यो प्रतिबद्धतासँगै यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापमानको वृद्धिदरमा २ दशमलव १ सेन्टिग्रेडमा सीमित राख्न सकिने बताइएको छ । यसअघिको प्रक्षेपणले पृथ्वीको तापमान यो शताब्दीको अन्त्यसम्ममा ३ डिग्री सेन्टिग्रेडले बढ्ने र यसले विनाशकारी असर देखाउने बताइएको थियो । क्लाइमेट एक्सन ट्र्याकर समूहले एक दशकदेखि विभिन्न राष्ट्रले कार्बन उत्सर्जन घटाउन गरेका योजनाले विश्वको तापमान वृद्धिमा कसरी असर पार्छन् भन्ने सम्बन्धमा अध्ययन गरिरहेको थियो । सन् २००९ मा कोपेनहेगनमा आयोजित सम्मेलन असफल भएपछि यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापमान ३ दशमलव ५ डिग्री सेन्टिग्रेडले बढ्ने अनुमान गरिएको थियो । तर सन् २०१५ मा सम्पन्न पेरिस सम्झौताले पृथ्वीको तापमानमा भइरहेको डरलाग्दो वृद्धिदरलाई रोक्न महत्वपूर्ण भूमिका खेलेको छ, बीबीसीले लेखेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्