एन्फाले घरेलु फुटबलमा महिला लिगलाई प्राथमिकतामा राख्ने – Kanika Khabar
Sunday, July 19Nepali News Portal

एन्फाले घरेलु फुटबलमा महिला लिगलाई प्राथमिकतामा राख्ने

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ
अखिल नेपाल फुटबल संघ (एन्फा) ले घरेलु फुटबलमा महिलाको प्रतियोगितालाई प्राथमिकतामा राख्ने भएको छ । एन्फाले महिला फुटबललाई प्राथमिकतामा राख्दै विभिन्न योजनाहरु अघि बढाएको जनाएको छ । जस अन्तर्गत एन्फाले माघ र फागुनमा महिला लिग सकाउने योजना बनाएको छ । गत चैतमा चलिरहेको ‘बी’ डिभिजन लिग र बाकी रहेको ‘सी’ डिभिजन लिगलाई मात्रै टुंग्याउने तयारी गरिरहेको एन्फाले चैतमै तय भएको महिला लिगलाई समेत प्राथमिकतामा राखेको हो । कोरोना महामारीपछि चैतबाट लकडाउन सुरुसँगै एन्फाले महिला लिगलाई स्थगित गरेको थियो । तर, लिगका लागि फाइनल चरणको छनोट बाहेक अन्य छनोट चैत अघि नै सकिएको थियो । फाइनल चरणका लागि वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका छनोट भएका थिए । काठमाडौंमै गर्ने तयारी गरिएको फाइनल चरणमा तीन विभागीय क्लब एपीएफ, आर्मी र पुलिस समेत सहभागी हुने छन् । एन्फाले प्रतियोगिताको तयारी गर्न र प्रतियोगिताबारे जानकारी केहि दिनमै सहभागी टिमलाई पत्र पठाउने तयारी गरेको जानकारी दिएको छ । एन्फाले सहभागी ४ टिमको जवाफ आएपछि लिगको मिति घोषणा गर्नेछ । गत वर्षको मंसिरमा पोखरामा आयोजना भएको १३ औं दक्षिण एसियाली प्रतियोगिता (साग) यता महिला टिमले अन्तराष्ट्रिय खेलमा सहभागीता जनाउन पाएका छैनन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्