पाैडेलमाथिको दुर्व्यवहार सर्वसत्तावादको संकेत : सभापति देउवा – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

पाैडेलमाथिको दुर्व्यवहार सर्वसत्तावादको संकेत : सभापति देउवा

    मा प्रकाशित

मंसिर १७, काठमाडौँ ।
नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु सर्वसत्तावादको संकेत भएको बताएका छन् ।

सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको पुल आज स्थानीय उपभोक्ता समितिले सर्वसम्मत रुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ ।’

जारी गरेको विज्ञप्तिमा अघि भनिएको छ,‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्