सरकारले आफूलाई बाहुबली नठानोस् : नेता चौधरी – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

सरकारले आफूलाई बाहुबली नठानोस् : नेता चौधरी

    मा प्रकाशित

कनिका खबर
मंसिर १७, दाङ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेपाली कांग्रेसका बरिष्ठ नेता राचन्द्र पौडेलमाथि भएको प्रहरी गिरफ्तारको घोर निन्दा गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै वरिष्ठ नेता पौडेलमाथि भएको गिरफ्तारीको घटना लोकतान्त्रिक ब्यवस्थामा एक ठूलो कलङ्क भएको उल्लेख गरेका छन् ।

प्रहरी प्रशासनलाई हातमा लिएर वर्तमान सरकारले गरेको यो कुकृत्यले दुई तिहाईको दम्भकारी सरकारको अलोकतान्त्रिक रुप थप प्रष्ट पारिदिएको केन्द्रीय सदस्य चौधरीले बताएका छन् । साथै दुई तिहाईको बलमा जे पनि गर्न पाईन्छ भन्ने सरकारको अहंकारी रुप नेपाली जनतालाई स्वीकार्य नहुने चौधरीले बताएका छन् । ‘म नै सर्वेसर्वा हुँ भनेर राज्यले गरेको यो दमन किमार्थ सह्यै छैन,’ उनले भनेका छन् ‘प्रतिपक्ष दलका वरिष्ठ नेतालाई ठेगान लगाउने सरकारको यो कुकृत्य उसका लागि महंगो पर्नेछ ।’

आफूलाई ‘बाहुबली’ ठानेको दुई तिहाई दम्भकारी सरकारले प्रतिपक्षलाई कमजोर नआँक्न पनि उनले चेतावनी दिएका छन् । ‘प्रधानमन्त्रीजी दुई तिहाईको आडमा आफूलाई बाहुबली नठान्नुस्,’ चौधरीले भने ‘अरुलाई कमजोर आँक्ने तपाईको गलत नियत तपाईकै लागि महंगो नपरोस् । लोकतान्त्रिक आन्दोलनका अथक योद्धा पौडेलमाथि गरिएको गिरफ्तारी लोकतान्त्रिक ब्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको उल्लेख गर्दै चौधरीले सरकारको यो कदमले पञ्चायतको झल्को दिएको समेत बताएका छन् ।
कांग्रेस वरिष्ठ नेता पौडेल तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले उनलाई गिरफ्तार गरेको थियो । उनलाई प्रहरीले बेलुका मात्रै रिहा गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्