तनहुँ घटनाको विरोध – Kanika Khabar
Saturday, September 30Nepali News Portal

तनहुँ घटनाको विरोध

    मा प्रकाशित

मंसिर १९, दाङ ।
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलले तनहुँ घटनाको विरोध गरेको छ ।

दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटाले बिहीबार विज्ञप्ति जारी गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको अभद्र व्यवहारको भर्त्सना गरेका हुन् ।

‘तनहुँ जिल्लाको व्यास नगरपालिकाको तालघरे स्थानमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता, कार्यकर्ताहरूको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेप गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय, तनहुँबाट निषेधाज्ञा जारी गरी नेता, कार्यकर्ताहरूमाथि अभद्र व्यवहार गरी पक्राउ गरिएको कुराको नेपाली कांग्रेस संसदीय दल (राष्ट्रिय सभां भर्त्सना गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्