सहुलियतपूर्ण कर्जाका लागि त्रिपक्षिय सम्झौता – Kanika Khabar
Sunday, July 19Nepali News Portal

सहुलियतपूर्ण कर्जाका लागि त्रिपक्षिय सम्झौता

    मा प्रकाशित

मंसिर १७, नुवाकोट ।
सहुलियतपूर्ण कर्जाका लागि नुवाकोटको तादी गाउँपालिकामा त्रिपक्षिय सम्झौता भएको छ । तादी गाउँपालिकाको कृषि, पशुपन्छी तथा अन्य व्यवसाय क्षेत्रको प्रबद्र्धनका लागि कृषि विकास बैंक खरानीटार, तादी गाउँपालिका र नुवाकोट उद्योग वाणिज्य संघबीचमा त्रिपक्षीय सम्झौता भएको हो ।उद्यमी व्यवसायीहरुले व्यवसाय सुरुवात तथा विस्तारमा आवश्यक पर्ने ऋणका लागि तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रासद पाण्डे, कृषि विकास बैंक खरानीटारका शाखा प्रबन्धक राजु मिजार र नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले सम्झौतापत्रमा संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ । यसबाट गाउँपालिका क्षेत्रका कृषि तथा पशुपन्छी जन्य तथा अन्य क्षेत्रका व्यवसाय प्रबद्र्धन गर्नका लागि सहयोग पुग्ने तादी गापा अध्यक्ष नारायणप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्