दाङमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

दाङमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु

    मा प्रकाशित

मंसिर १९, दाङ ।
मोटरसाइकलको ठक्करबाट देउखुरीमा आज बिहान एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ कप्तानगञ्जका ५२ वर्षीय पुरण बाँठामगरको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

बिहीबार बेलुका पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा३प ७५६० नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री बाँठामगरलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकल चालक लमही नगरपालिका–८ धनपुरुवा निवासी २२ वर्षीया लीला चौधरी पनि घाइते भएको र अहिले बुटवलमा उपचार भइरहेको प्रहरी निरीक्षक खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्