मंसिर १९, काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको नेपाल भ्रमणले दुई मुलुकबीच संवादहीनताको अवस्था अन्त्य भएको बताए । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले भारतीय विदेश सचिवको भ्रमणसँगै भारतसँग औपचारिक संवादको ढोका खुलेको बताएका हुन् ।
विदेश सचिवको नेपाल भ्रमणमा सीमासम्बन्धि समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तीमा समेत उल्लेख गरिएको उनको भनाइ छ । नेपालले जुन उचाईबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो, त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको भन्दै उनले नेपाल र भारतबीच रहेका सीमा विवाद लगायतका सबै विषयमा छलफल हुने बाटो खुलेको बताए । व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारत सरकारले पनि स्वीकारेको उनको भनाइ थियो ।
मा प्रकाशित