एजेन्सी ।
रूसमा एक लाखभन्दा पनि बढी नागरिकले रूसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रूसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रूसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत ११ अगष्टमा नै रूसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो ।
यसरी रूस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएकोरूसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले जानकारी दिनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गएको महिना मात्र खोपको प्रभावकारीताको बारेमा गरिएको अनुसन्धानबाट खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । रूसमा२३ लाखभन्दा बढी नागरिक कोरोनाबाट सङ्क्रमित भएका छन् ।