गजल : सुरेश सुमन डाँगी – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

गजल : सुरेश सुमन डाँगी

    मा प्रकाशित

तिम्रो मुस्कान मेरोलागी शराब भएपछि
मेरो सवालको तिमी नै जवाब भएपछि

तिमी बुझ्दैनौ, बुझ्दै बुझ्दैनौ मेरो माया
बुझ्छौ तिमीलाई मायाको अभाव भएपछि

न हल गर्न सकिन्छ, न त टाढा भाग्न नै
आफ्नै जिन्दगी जटिल हिसाव भएपछि

समाज हिजोआज मलाई शरावी भन्छ रे
पिउछु प्रिय, अलिकति तनाव भएपछि

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्