श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

श्रीमती हत्याको आरोपीलाई १० वर्ष कैद

    मा प्रकाशित

चितवन । चितवन अदालतले श्रीमती हत्याको आरोपमा एक पुरुषलाई १० वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश अवनी मैनाली भट्टराईको इजलाशले हत्या आरोप लागेका पूर्णप्रसाद ढकाललाई आज १० वर्ष कैद फैसला गरेको हो । फैसलामा रु एक लाख जरिवाना र रु ८०० पीडित राहत कोषमा जम्मा हुने गरी सजायको सुनाएको छ ।

रत्ननगर नगरपालिका–१५, माधवपुरमा गत जेठ ६ गते ५४ वर्षीय श्रीमान् पूर्णप्रसाद ढकालले खुकुरी प्रहार गर्दा ४३ वर्षीया श्रीमती सुशीला ढकाल गम्भीर घाइते भएकी थिइन् । सुशीलाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा जेठ १५ गते मृत्यु भएको थियो । घरायसी विवादको क्रममा खुकुरी प्रहार हुँदा सुशीला घाइते भएकी थिइन् । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्