मा प्रकाशित
मंसिर २०, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र नागरिकका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुख समक्ष माग गर्ने निर्णय गरेको छ ।
कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको शुक्रबारको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरिदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएक छ ।