मा प्रकाशित
क्यानडा सरकारले आगामी जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’उनले भने ।
क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । १२ हजारभन्दा बढीले कारोनाका कारण ज्यान गुमाएका छन् । नयाँपत्रिकाबाट