बंगलादेशमाथि कतारको फराकिलो जित – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

बंगलादेशमाथि कतारको फराकिलो जित

    मा प्रकाशित

एजेन्सी/
विश्वकपको एसियाली छनोट खेल अन्तर्गत कतारले बंगलादेशमाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा कतारले बंगलादेशलाई एकपक्षीयरूपमा हराएको हो । उसले बंगलादेशलाई ५–० गोल अन्तरले हरायो ।

 

कतारको जिमा अक्रम अफिफ र अलमोज अलीले समान दुई गोल गरे भने अब्दुलाजीज हेटमले एक गोल गरे ।

विश्वकप छनोटको समूह इको दोस्रो चरणमा शीर्ष स्थानको कतारले ६ खेलबाट १६ अंक बटुलेको छ ।

ओमान १२ अंक सहित दोस्रो, अफगानिस्तान ४ अंक सहित तेस्रो, भारत ३ अंक सहित चौथो र बंगलादेश १ अंक सहित पाँचौ स्थानमा छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना कतारले गर्दैछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्