नेकपा बैठक : विवाद कायमैे, सचिवालय बैठक अन्यौलमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेकपा बैठक : विवाद कायमैे, सचिवालय बैठक अन्यौलमा

    मा प्रकाशित

मंसिर २०, दाङ ।
नेकपाभित्रको विवाद झन जटिल बन्दै जान थालेको छ । सहमतिको प्रयासका लागि भएका परामर्शले विवातद सिर्जना गरेका छन् । आरोप प्रत्यारोप बाक्लिदै जान थालेपछि विवाद समाधान हुने सभ्वाना पातलो हुँदै गएको छ । परिणामतः सहमतिको सम्भावना टाढिन थालेको विश्लेषणले बाक्लो रुप लिएको छ ।

नेकपाभित्रको विवाद बढ्दै गइरहेको बेला दुबै समूहका नेता सहमति गर्न छोडेर आ–आफ्नै रणनीतिमा जुटेका छन् । विवाद समाधानका लागि नेताहरूको दौडधूप बढेको भए पनि सहमति जुट्न सकेको छैन । शीर्ष नेताहरू आ–आफ्नै अडानमा कायम रहेपछि नेकपाभित्रको विवाद झन्झन् गम्भीर बन्दै गइरहेको छ ।

विवाद समाधान गर्ने उद्देश्यले आजसचिवालय बैठक बोलाइएको भए पनि सहमति जुट्ने सम्भावना न्यून देखिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेस गर्दै एक अर्कालाई गम्भीर आरोप लगाएपछि विवादले उग्र रूप लिँदै आएको छ ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली निकट रहेका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेल हिजो खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको थियो थिए । तर पनि समस्या समाधानको ठोस् पहल हुन सकेको छैन । सोही कारण आजको सचिवालय बैठक समेत अन्यौलमा परेको नेताहरुले बताएका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्