विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना मुक्त – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना मुक्त

    मा प्रकाशित

एजेन्सी ।
विश्वभर ४ करोड ५८ लाखभन्दा बढी कोरोना संक्रमित कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ४ लाख २१ हजार ३७७ संक्रमणमुक्त भएसँगै ४ करोड ५८ लाख ८ हजार २२९ जनाले कोरोनालाई जितेका छन् ।

 

यस्तै संक्रमणले मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा दिनदिनै नयाँ रेकर्ड कायम भइरहँदा ज्यान गुमाउनेको संख्या १५ लाख नाघेको हो ।

शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार १२६ संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वभर १५ लाख २३ हजार ५६१ संक्रमितको मृत्यु भएको छ ।

२१८ मुलुकमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ लाख ८४ हजार ५३७ जना संक्रमित भएका छन् ।

योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ८९ हजार ८३६ पुगेको छ । यसमध्ये १ लाख ६ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको संख्या ६ करोड ६२ लाख ११ हजार ४७९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्