भारतमा किसान आन्दोलन चर्कदै, आज सरकारसँग वार्ता हुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा किसान आन्दोलन चर्कदै, आज सरकारसँग वार्ता हुने

    मा प्रकाशित

एजेन्सी ।
भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा किसानहरुले आन्दोलन थप चर्काउँदै लगेका छन् । आन्दोलन अन्तरगत किसानहरुले आगामी डिसेम्बर ८ अर्थात् मंसिर २३ मा भारत बन्दको घोषणा गरेका छन् । उनीहरुले कृषि कानुनको विरोधमा आन्दोलन चर्काएको आज दशौं दिन हो ।केन्द्र सरकार र किसानबीच आज शनिबार फेरि वार्ता हुँदैछ। वार्ताको अघिल्लो दिन हिजो उनीहरुले भारत बन्दसहितका आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन् । अब दिल्ली प्रवेश गर्ने थप सडकहरु समेत बन्द गर्ने उनीहरुले चेतावनी दिएका छन् । किसानको आन्दोलनप्रति समर्थन पनि बढ्दै गएको छ। पश्चिम बंगाल राज्यका मुख्यमन्त्री ममता बनर्जीले पनि आन्दोलनमा समर्थन जनाउनुभएको छ । उहाँले केन्द्र सरकारले ल्याएको कृषि कानुनविरुद्ध किसानहरुको साथमा रहेको बताउनुभएको हो । यस्तै, लेखकहरुसहित विभिन्न प्रतिष्ठित व्यक्तिहरुले किसानहरुको समर्थनमा सरकारले प्रदान गरेका पुरस्कारहरु फिर्ता गर्ने घोषणा पनि गरेका छन् । पछिल्ला ९ दिनदेखि लाखौँको संख्यामा पञ्जाब, हरियाणासहित कैयौँ राज्यका किसानहरु दिल्लीको सीमामा पुगेर आन्दोलन गरिरहेका छन् । किसानहरुले केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा ‘दिल्ली चलो’ आन्दोलन देशव्यापी बनाएका हुन् । कृषि कानुन खारेज गर्नुपर्ने उनीहरुको माग छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्