चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’ : अमेरिकी गुप्तचर निकाय प्रमुख – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’ : अमेरिकी गुप्तचर निकाय प्रमुख

    मा प्रकाशित

एजेन्सी ।
चीन प्रजातन्त्र र स्वतन्त्रताका लागि विश्वको सबैभन्दा ठूलो ‘खतरा’ रहेको अमेरिकी शीर्ष गुप्तचर अधिकारीले बताएका छन् ।अमेरिकी गुप्तचर निकायका प्रमुख जोन राट्क्लीफले वाल स्ट्रिट जर्नलमा प्रकाशित गरेको लेखमा चीन विश्वको प्रजातन्त्र र स्वतन्त्रका लागि दोस्रो विश्वयुद्ध यताकै ठूलो जोखिम रहेको उल्लेख गर्नुभएको हो । चीनले अमेरिकाका गोप्य सूचनाहरु चोरी गरेर तथा अमेरिकी बजारमा अमेरिकी फर्महरुलाई बिस्थापित गरेर शक्ति बढाइरहेको उहाँले आरोप लगाउनुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनप्रति कडा नीति लिँदै आएको छ । चीनमाथि बौद्धिक सम्पत्ति चोरीको आरोप लगाउँदै अमेरिकाले चिनियाँ सामानमा प्रतिबन्ध समेत लगाएको छ ।चीनले राट्क्लीफको आरोपबारे टिप्पणी गरिसकेको छैन । चीन अमेरिकासँग ‘युद्ध’ का लागि तयार रहेको आरोप राट्क्लीफले लगाउनुभएको छ । आर्थिक, सैन्य तथा प्राविधिक रुपमा चीनले त्यसको तयारी गरेको अभियोग उहाँले लगाउनुभएको हो । राष्ट्रिय गुप्तचर निकायका निर्देशक राट्क्लीफले प्रतिआतंकवादमा चीनले रुसको स्थान लिएको बताउनु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्