जनक शाही
मंसिर २०, हुम्ला ।
एक महिना देखि हुम्लामा नेपाल टेलिकमको टेलिफोन सेवा अबरुद्ध बनेको छ । राम्रोसँगफोन नलाग्ने, कुरा नबुझिने तर पैसा काट्ने काटिने समस्या छ । टेलिकमकार्यालय हुम्लाले समस्या समाधानगर्न नसक्दा सेवाग्राहीले समस्या खेपिरहेका छन् ।नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग कामनगर्दा हुम्लामानागरिक समस्याभोग्दै आएका छन् । जिल्लाका ९ स्थानमा टावर राखिएको भएपनि पछिल्लो एक महिनायता राम्रोसँग काम गरेको छैन ।
स्थानीय सेवाग्राहीले तीनदिनको समयासिमादिएर प्रमुखजिल्लाअधिकारी चिरन्जीवीगिरीलाई समस्या सामाधानकालागिध्यानाकर्षण पत्रबुझाएका छन् । डाँफे र माबु लेकमा रहेका टावरको राम्रोसँग मर्मत हुननसक्दा र टावरमा रहेको एटिएन डिभाईसमा समस्याआएकाले लामो समयका स्थानीय समस्याभोग्नबाध्य छन् ।
यसको समाधानकाप्राविधिक टोली काठमाडौंबाट हिंडिसकेकाले अबको ३÷४ दिनमा समस्या समाधानहुने नेपाल टेलिकमहुम्लाकाप्रमुखशिब भट्टराईले बताउनुभयो ।प्रमुखजिल्लाअधिकारी चिरन्जीबीगिरीले पनि समस्या समाधानकालागि नेपाल टेलिकमको क्षेत्रीयतथा केन्द्रियकार्यालयमापत्राचार गर्ने बताउनुभएको छ । नेपाल टेलिकमको टावरले कामनगर्दा हुम्लाबासीले सूचनाको हकबाट बञ्चितहुनु परेको गुनासो गरेका छन् ।