दाङमा १७औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाइयो – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

दाङमा १७औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाइयो

    मा प्रकाशित

मंसिर २०, दाङ ।

दाङमा १७औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईएको छ । जिल्लाको घोराही उप–महानरपालिका –१४ ले आज एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो । त्यस अबसरमा बोल्ने वक्ताहरुले कोरोना नियन्त्रण गर्नका लागि स्वास्थ्य स्वयमसेवीकाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत बहादुर शाहीले कोरोना महामारीका बेला महिला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । स्वास्थ्य स्वयमसेवीका नै समाजको पहिलो डाक्टर भएको भन्दै सबैले उनीहरुलाई प्रोत्साहन गनुपर्नेमा उनले जोड दिए ।

वडा अध्यक्ष शक्तिराम डाँगीले महिला स्वयमसेवीकाको योजना अनुसार काम भैरहेको उल्लेख गरे । जोखिमको बेला पनि टोलटोलमा पुगेर स्वास्थ्य निशुल्क सेवा पु¥र्याएको भन्दै सबैले सम्मान गर्नु पर्ने बताए । वडामा सबै प्रकारका जातजाती र समुदायका महिला स्वास्थ्य स्वयमसेवीका भन्दै सम्पूर्णलाई तालिम र खाजा भत्तको व्यवस्था गरेको उल्लेख गरे। दिवसका अबसरमा नगरस्वास्थ्य प्रमुख नारायण घर्ती,राधा पौडेल, शालिक राम आचार्य लगायतले शुभकामना व्यक्त गरे। वडा अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षमा भएको कार्यक्रमको संचालन खिमा भुषालले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्