लमहीमा लैङगिक हिसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न – Kanika Khabar
Wednesday, December 10Nepali News Portal

लमहीमा लैङगिक हिसा बिरुद्धको सचेतना कार्यक्रम सम्पन्न

    मा प्रकाशित

शरद सागर देवकोटा
मंसिर २०, दाङ ।

लमही वचत तथा ऋण सहकारी सस्थाले आज शपनबार लैङगिक हिसा बिरुद्धको १६ दिने अभियानको क्रममा सचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । सस्थाका उपाध्यक्ष ऋषि यादबको अध्यक्षता तथा लमही बचत तथा ऋण सहकारी सस्थाका निर्बतमान अध्यक्ष तथा सल्लाहकार लिला शाहको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले लैङगिक हिसा न्युनिकरणका लागी भएका कानुनको सही कार्यान्वयन र समाजले हेर्ने दृष्टिकोण सकारात्मक हुन सके समुदायमा महिलामाथि हुने हिसा घटेर जाने बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शाहले महिला हिसा अन्त्यका लागि बिधमान कानुनको सही कार्यान्वय हुनुका महिलाहरुको आर्थिक सबलीकरण हुन जरुरी रहेको बताइन् । कार्यालयका सह ब्यबस्थापक पृथ्वी ग्वालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले महिलाहरुको शिक्षामा समान पहुच, पुरुषले महलिालाई हेर्न दृष्टिकोणमा परिर्बतनका साथै,बनेका कानुनहरुको सहि पालना हुनुपर्ने कुरामा जोड दिएका पथए । स्थाका सह ब्यबस्थापक पृथ्बि ग्वालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सस्थाका सचिब लेखनाथ आचार्य, पार्बता अधिकारी, साबित्री भट्राई, लक्ष्मी भुषाल, कमला पान्डेय लगायतले बोलेका थिए । कार्यक्रमको सचालन सस्थाका ब्यबस्थापक अर्पणा शाहले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्