साउदीको दम्माबाट १६९ नेपालीको पासपोर्ट नवीकरण – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

साउदीको दम्माबाट १६९ नेपालीको पासपोर्ट नवीकरण

    मा प्रकाशित

 

साउदीको दम्माबाट १६९ नेपाली श्रमिकको पासपोर्ट नवीकरण गरिएको छ ।

साउदीस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ साउदीको संयुक्त आयोजनामा साउदीको पूर्वी क्षेत्र दम्माममा पासपोर्ट ९राहदानी० नवीकरण गरिएको एनआरएनए साउदीका प्रवक्ता बिष्णु न्यौपानेले जानकारी दिए ।

 

दूतावासले कोरोना महामारीका कारण साउदीका बिभिन्न शहर तथा दूरदराजमा रहेका नेपालीहरु राहदानीको म्याद सकिएर नवीकरणका लागि नेपाली दूतावाससम्म पुग्न कठिन भइरहँदा क्याम्प खडा गरी पासपोर्ट नविकरण गरिएको हो ।

अनलाइन फारम भरेका १०९ जना र अन्य ६० जनाको पासपोर्ट नविकरण गरिएको नेपाली दूतावासका प्रथम सचिव ऋषिराज आचार्यले जानकारी दिए ।

पासपोर्ट नवीकरणको लागि आगामी ११ डिसेम्बर पूर्वी क्षेत्र दमाममा पनि सहजिकरण गरिनेछ ।

यस्तै साउदीको अन्य शहर अल(कासिम, ताबुक, जिजान, आब्भा(खामिस्, यान्बु लगायतका शहरहरुमा पनि आवश्यकता हेरी उपयुक्त स्थान र मिति छिट्टै सार्वजनिक गरिने प्रवक्ता न्यौपानेले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्