सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

सिरी ए फुटबलमा युभेन्टसको पुनरागमन जित

    मा प्रकाशित

एजेन्सी/ इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ ।

शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनोविरुद्ध २(१ गोलले पराजित गरेको हो ।

 

घरेलु मैदानमा सुरुवाती एक गोलले पछि परे पनि युभेन्ट्सले उत्कृष्ट पुनरागमन गर्‍यो ।

खेलको नवौं मिनेटमा निकोलस एनकोउलोले गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा युभेन्ट्स खेलमा फर्किएको थियो ।

७८औँ मिनेटमा वेस्टन म्याकेनीले गोल गर्दै युभेन्ट्सलाई १(१ गोलको बराबरीमा फर्काए । ८९औँ मिनेटमा लियोनार्दो बोनुचीले गोल गर्दै युभेन्ट्सलाई २(१ को जित दिलाए ।

इन्जुरी समयमा कार्लोले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो ।

घरेलु मैदानको जितसँगै युभेन्ट्स दोस्रो स्थानमा उक्लिएको छ । युभेन्ट्सले १० खेलमा २० अंक जोडेको छ भने टोरिनो ६ अंकसहित १८औँ स्थानमा छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्