कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोलु एफएम सिल – Kanika Khabar
Friday, April 19Nepali News Portal

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोलु एफएम सिल

    मा प्रकाशित

सुबास दर्नाल
मंसिर २१, सोलुखुम्बु ।
एक सञ्चारकर्मीको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सोलु एफ.एम. सिल गरिएको छ । एफ.एम.मा कार्यरत एक जना कर्मचारी सहित जिल्लाका ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि एफ.एम सिल गरिएको सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

कन्ट्रायक ट्रेसिङमा परेका एफ.एम.का कर्मचारीको पीसीआर परीक्षण नभएसम्मको लागि सिल गर्ने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अन्य समुदायमा फैलन सक्ने सम्भावना उच्च रहेको हुँदा कार्यालय शिल गरिएपनि नियमित सेवा भने बन्द नहुने बताइएको छ ।योङ स्टार क्लवले उपलब्ध गराएको कर्मचारी आवस गृहमा एफ.एम.का सबै कर्मचारी बस्दै आएका छन् । कर्मचारी आवस गृह र एफ.एम.सँगै भएकाले आईसोलेशनमा बसेर सेवा प्रवाह गरिने स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिनुभयो ।

सामान्य लक्षण देखिएका दुई जना कर्मचारीलाई भने जिल्ला अस्पताल फाप्लुको आईसोलेशनमा राखेर उपचार सुरु गरिएको जिल्ला अस्पताल फाप्लुका निमित्त प्रमुख सानी शेर्पाले बताउनुभयो । मंगलबार स्वाब संकलन गरि परीक्षण गराईएका मध्ये ४ जनाको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।२०६१ सालमा स्थापना भएको पूर्वक्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम.मा हाल १४ जना कर्मचारी कार्यरत छन् । एक हजार वाट क्षमताको रेडियोले अहिले २४ सै घण्टा सेवा दिइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्