विश्वकै सबैभन्दा ठूलो हिमशिलाको तस्वीर लिइयो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वकै सबैभन्दा ठूलो हिमशिलाको तस्वीर लिइयो

    मा प्रकाशित

एजेन्सी ।
विश्वकै सबैभन्दा ठूलो हिमशिला (हिम चट्टान) को तस्वीर लिन आरएएफ विमान सफल भएको छ । एटलान्टिक महासागर दक्षिणबाट बग्न थाले लगत्तै सो हिम चट्टानको तस्बिर लिइएको हो ।
ए४००एम विमान ४२ सय स्क्वायर किलोमिटरमा फैलिएको हिम चट्टानबाट निकै नजिक हुने गरी उडेर तस्बिर लिएको हो । ए६८ए नामको सो हिम चट्टान विश्वकै सबैभन्दा ठूलो हिम चट्टान हो ।
तस्बिरमा देखिए अनुसार सो चट्टान विभिन्न स्थानमा चर्किएको छ भने धेरै धाँजा फाटेको छ । त्यसका केही हिस्साहरु टुक्रिएका छन् । यस्तै पानीको सहतभन्दा माथि सो हिम चट्टानको मुनि सुरुङ्ग समेत बनेको देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्