मंसिर २१, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना माकोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
१ हजार ७५२ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ।
थप १७ कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।