एजेन्सी ।
अमेरिकामा थप २ लाख ८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ महिनादेखि दैनिक एक लाखभन्दा बढीमा सङ्क्रमण देखिएको अमेरिकामा पछिल्ला चार दिन लगातार सङ्क्रमितको संख्या २ लाखभन्दा बढी देखिएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ७९० जनामा सङ्क्रमण भएसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ४९ लाख ८३ हजार ४२५ पुगेको छ ।सङ्क्रमितमध्ये अहिले सम्म ८७ लाख ८७ हजार ७३८ जना सङ्क्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ५९ लाख ७ हजार ८६२ जनामध्ये २६ हजार २६१ जनाको अवस्था गम्भीर रहेको वल्र्डमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको सङक्रमणले मृत्यु हुनेको संख्या २ लाख ८७ हजार नाघेको छ ।