सिन्धुपाल्चोकमा सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता सुरु – Kanika Khabar
Friday, February 14Nepali News Portal

सिन्धुपाल्चोकमा सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता सुरु

    मा प्रकाशित

मंसिर २१, सिन्धुपाल्चोक ।
नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशीको ब्याडमिन्टन प्रतियोगिता सिन्धुपाल्चोकको चौतारामा सुरु भएको छ । तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप–२१ ब्याडमिन्टन प्रतियोगिता आजबाट चौतारामा सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गर्नुभयो । मंसिर २७ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय स्तरीय मेन्स सिङ्गल विजेताले १ लाख ११हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछन् भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैंया र सेमिफाईनलिष्ट २ जनाले १०र१० हजार रुपैंया प्राप्त गर्नेछन् ।

त्यस्तै जिल्ला स्तरीय मेन्स डबल विजेताले ४० हजार रुपैंया, उपविजेताले ३० हजार रुपैंया र सेमिफाईनलिष्ट दुईजनाले ५ ÷ ५ हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।जिल्ला स्तरीय मेन्स सिङ्गलतर्फ विजेतालाई ३० हजार रुपैंया, उपविजेतालाई २० हजार रुपैंया र सेमिफाईनलिष्ट दुई जनालाई ५र५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक संस्था तोप २१ का अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्