धनकुटाको छथर जोरपाटी गाउँपालिकामा पर्यटक बढे – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

धनकुटाको छथर जोरपाटी गाउँपालिकामा पर्यटक बढे

    मा प्रकाशित

विकास गुरुङ
मंसिर २१, तेह्रथुम ।
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा रहेको हलहले पटेकडाँडामा भौतिक पूर्वाधार निर्माण भएसँगै पर्यटकिय गतिविधी बढेको छ । केहिवर्ष अघिसम्म पर्यटकको नजरमा खासै नपर्ने यो क्षेत्रमा अहिले आन्तरिक पर्यटक आउन थालेका छन् ।कोशी राजमार्गस्थित धनकुटाको सिधुवा बजारनजिकै रहेको पटेकडाडाँमा पुग्न पर्यटकहरुलाई अहिले सहज भएको छ ।

१० मिनेटको गाडी र झन्डै आधा घन्टाको पैदलयात्रापछि यस क्षेत्रमा पुग्न सकिन्छ । कोरोना कहरको समयमा घुम्न नपाएर दिक्क मानेकाहरु पटेकडाँडा पुगेपछि मनोरम दृश्यले दङ्ग पर्ने गरेको स्थानीय प्रकाश तामाङ बताउँनुहुन्छ । समुद्री सतहदेखि २७ सय मिटरमा रहेको पटेकडाँडा खासगरी झुल्केनी घाम र अस्ताउँदै गरेको सूर्यलाई हेर्न पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना रहेकोले यस स्थानमा भौतिक पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने स्थानीय होमबहादुर बिष्टको भनाइ छ । डाँडामा पुग्नका लागि सिंडी तथा रेलिङ बनाइएको छ ।

संघीय सरकार र प्रदेश सरकारको एक करोड ३४ लाख रुपैयाँको लगानीमा भौतिक पूर्वधारका कामहरु भएकाले यहाँ पुग्ने जो–कोहीलाई अहिले सहज भएको छ । स्थानीय सरकारले यस पर्यटकीय स्थानको संंरक्षण गर्न ध्यान दिनुपर्ने हलहले पटेकडाँडा निर्माण समितिका अध्यक्ष गोमा कार्की बताउनुहन्छ । तेह्रथुम र धनकुटा जिल्लाको संंगमस्थल राजमार्गनजिकै रहेकाले पनि आउजाउ गर्नेहरु डाँडासम्म पुग्ने गरेका छन् । पुर्वाधारको विकाससँगै प्रचार प्रसार हुनसके पर्यटकीय सम्भावना बोकेका क्षेत्र समृद्धिको आधार बन्नेछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्