पराष्ट्र नीतिका सम्बन्धमा जाने बुझेकैहरूबाट पक्षपात : परराष्ट्रमन्त्री – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पराष्ट्र नीतिका सम्बन्धमा जाने बुझेकैहरूबाट पक्षपात : परराष्ट्रमन्त्री

    मा प्रकाशित

मंसिर २१, काठमाडौँ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको पराष्ट्र नीतिका सम्बन्धमा जाने बुझेकैहरूबाट पक्षपाती टिप्पणी हुने गरेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्ता टिप्पणीहरू बन्द गर्नसमेत आग्रह गर्नुभयो । नेपाल सानो छ, गरिब देश छ, भूपेरिवेष्ठित देश हो, कहाँ त्यस्तो आँट गर्न हुन्छ ? भन्ने जस्ता नेपालको परराष्ट्र नीतिबारे पक्षपाती टिप्पणी भएको पाएको छु, परराष्ट्रमन्त्री ज्ञवालीले भन्नुभयो । चिरपरिचित व्यक्तिहरूले नै ‘नेपाल कहाँ स्वतन्त्र छ र, सार्वभौमसत्ता खण्डित छ, सन्धिले बाँधेको छभन्ने जस्ता पक्षपाती तर्क गर्ने गरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय मनोबल कमजोर बनाउने प्रवृत्ति रहेकाले यसलाई परिवर्तन गर्न जरूरी रहेको उहाँले बताउनुभयो । परराष्ट्रले ल्याएको एकीकृत ‘नेपालको परराष्ट्र नीति, २०७७ ले अब यस्ता पक्षपाती टिप्पणी गर्नेहरूलाई जवाफ दिने उहाँको भनाइ छ ।

परराष्ट्रले गत भदौ ९ गते ‘नेपालको परराष्ट्र नीति, २०७७मन्त्रिपरिषद्को बैठकमा पेस गरेको थियो। उक्त नीतिलाई मन्त्रिपरिषद्ले गत कात्तिक ४ गते पारित गरेको थियो।परराष्ट्र नीतिको मुख्य उद्देश्य राष्ट्रिय हितको रक्षा गर्नु रहेको र यो छिटो, छिटो परिवर्तन नहुने उहाँले स्पष्ट पार्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्