मंसिर २२, काठमाडौँ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चर्किँदै गएको विवाद् स्थायी कमिटिबाटै समाधान हुने नेताहरुले बताएका छन् ।
हिजो बैठकमाअध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएपनि उहाँले पत्र पठाउनुभएको थियो । ओलीको पत्रलाई सकरात्मक रुपमा लिएको स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले सीआईएनसँग बताउनुभयो ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव अध्ययनका लागि स्थायी कमिटीका सदस्यहरूलाई दिइएको छ ।
स्थायी कमिटि सदस्यहरुले त्यसको अध्ययन पछि थप छलफल हुने र सहमतिको मिलन विन्दु खोजिने बताएका छन् । बैठकले अध्यक्षद्वयको प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिएको छ । पार्टीभित्रको संकट समाधानका लागि आन्तरिक र अनौपचारिक छलफल तथा गृहकार्य जारी नै रहने पौडेलले बताउनुभयो । स्थायी कमिटीको बैठक २८ मंसिरमा बस्ने निर्णय भएको छ ।