अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी सिरिज भारतले जित्यो – Kanika Khabar
Friday, April 19Nepali News Portal

अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी सिरिज भारतले जित्यो

    मा प्रकाशित

एजेन्सी ।
भारतले घरेलु टिम अष्ट्रेलियाविरुद्धको टी ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।सिड्नीमा हिजो आइतबार भएको दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले तीन खेलको सिरिज आफ्नो बनाएको हो ।अष्ट्रेलियाले दिएको १ सय ९५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।भारतका लागि शिखर धवनले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस्तै हार्दिक पाण्डेयले अविजित रहदै ४२ रन जोड्दा श्रेयस एयर १२ रनमा अविजित रहनुभयो ।

हारतर्फ अग्रसर रहेको समय पाण्डयले २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै भारतलाई जित दिलाउनुभयो ।कप्तान विराट कोहलीले ४० तथा केएल राहुलले ३० रन बनाउनुभयो । अष्ट्रेलियाका डानिल साम्स, एन्ड्रयु टे, मिचेल स्विपसन र एडम जाम्पाले १÷१ विकेट लिनुभयो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो ।अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले ५८ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो र जितसँगै अष्ट्रेलिया भ्रमणमा रहेको भारतले तीन खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ । पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६६ रनले हराएको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुनेछ । यस अघि भएको एकदिवसीय सिरिज भने अष्ट्रेलियाले २–१ ले जितेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्