शिक्षामा छोरीलाई विभेद – Kanika Khabar
Thursday, March 28Nepali News Portal

शिक्षामा छोरीलाई विभेद

    मा प्रकाशित

ममता भट्ट
मंसिर २२, डडेल्धुरा ।
सुदूरपश्चिमका ग्रामिण क्षेत्रमा शिक्षामा छोरीलाई विभेद गरिंदै आएको छ । कानुनले शिक्षामा समान हकको व्यवस्था गरेको भएपनि अविभावकको गलत सोंचाई र बुझाईले छोरीहरु शिक्षाको हकबाट बञ्चित भईरहेका छन् ।
बैतडीको पाटन नगरपालिका १० हतासका गिता भट्ट कक्षा ५ मा पढ्नुहुन्छ । उहाँ विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा माझ्ने र कपडा धुने लगायतका घरयासी काममा आमालाई सघाउनुहुन्छ । यसले उहाँको पढाइमा असर पारेको छ ।कक्षा ८ मा अध्ययनरत छात्रा बिमला कुवँरले विद्यालय पछिको समय घरको काममा दिनुपर्छ । उहाँ आमासँगै घाँसदाउरा समेत जानुहुन्छ । तर दाजुभाईले खेलेर दिन बिताउँछन् ।
१४ वर्षका विमलाले खाना पकाउन, घर सफा गर्न, घाँस काट्न सबै काम सिकिसक्नुभयो । छोरीले काम नसिके दुःख पाईले अभिभावकको सोंचले पढाईमा बाधा परेको उहाँको बुझाई छ ।घरको काममा छोराभन्दा छोरी बढी व्यस्त देखिन्छन् । छोरी पराई घर जाने हो भन्दै काममा लगाउनाले उनीहरुको पढाईमा असर परेको छ ।

कालिका माध्यमिक विद्यालय राजकोट पाटन बैतडीका शिक्षक लक्ष्मीप्रसाद भट्ट घरकै काममा ब्यस्त रहने छात्रा प्राय विद्यालयमा कम हाजिर हुने बताउनुहुन्छ । तथ्याङ्क अनुसार माथिल्लो कक्षामा पुग्दा छात्रभन्दा दुई प्रतिशत बढी छात्राले विद्यालय छोडेको देखिन्छ । घरको कामको बोझ पनि विद्यालय छोड्नुको एउटा कारण रहेको शिक्षकहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्