कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०१४ जनाको कोरोना पुष्टि, १६२८ जना कोरोना मुक्त र १७ जनाको मृत्यु – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १०१४ जनाको कोरोना पुष्टि, १६२८ जना कोरोना मुक्त र १७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
मंसिर २२, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ सय २० जनाको परीक्षण गर्दा १ हजार १४ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ । नेपालमाआज थप १७ जनाको मृत्यु भएको छ । गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत उनीहरूको मृत्यु् भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १६१४ पुगेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्