प्राधिकरणको एक सयजना कर्मचारीको सरुवा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

प्राधिकरणको एक सयजना कर्मचारीको सरुवा

    मा प्रकाशित

मंसिर २२, दाङ ।

नेपाल विद्युत प्राधिकरणले एक सयजना कर्मचारीको सरुवा गरेको छ । प्राधिकरणले हिजो छैटौ तहदेखि दशौ तहसम्म सरुवा तथा पदस्थापना गरेको छ ।
मंसिर २१ गतेको निर्णय अनुसार विभिन्न तहका कर्माचारी सरुवा, काज, तथा पदस्थापना गरिएको प्राधिकरणले जनाएको छ । सरुवा हुनेमा प्रबन्धकमा प्रणाली योजना विभागका प्रकाशनारायण सिंह राजपुत, कोहलपुर–नेपालगञ्ज र पथलैया–हरनिया १३२ केभी प्रसारण लाइन आयोजना प्रमुख राजु श्रेष्ठ र हेटौंडा ग्रिड शाखा प्रमुख विक्रमकुमार अमात्य छन् ।

राजपुतलाई इलेक्ट्रोमेकानिकल डिजाइन महाशाखामा, श्रेष्ठलाई हेटौंडा ग्रिड शाखामा र अमात्यलाई प्रणाली योजना विभागमा सरुवा गरिएको प्राधिकरण कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । सरुवा हुनेमा १६ जना उप–प्रबन्धक ९ तहका छन् ।

सहायक प्रबन्धक ८ औ तहका ३६ कर्मचारी, इन्जिनियर सातौ तहको ४४ जना, छैटौ तहको १ जना सरुवा भएका छन् । एउटै कार्यालयमा २ वर्ष अवधि पूरा गरेका कर्मचारीको विधि र प्रक्रियाअनुसार सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्