रौतहटको राजपुर बमकाण्डका फरार प्रतिबादी आलम पक्राउ – Kanika Khabar
Saturday, September 18Nepali News Portal

रौतहटको राजपुर बमकाण्डका फरार प्रतिबादी आलम पक्राउ

    मा प्रकाशित

उपेन्द्र गोले
मंसिर २२, रौतहट ।

रौतहटको राजपुर फरहदवा बमकाण्डका फरार प्रतिबादी आलमलाइ प्रहरीले पक्राउ गरेको छ । नेपाली काँग्रेसका सांसद एवंम् पूर्वमन्त्री मोहमद अफताब आलमका भाई महताफ आलमलाई प्रहरीले पक्राउ गरेको हो ।
लामो समयदेखि फरार रहेका भारतको सितामढि जिल्लाको मोतिहारीबाट मोहम्मद महताब आलम पक्राउ परेको स्रोतले जनाएको छ । भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले फरार प्रतिबादी आलमलाई पक्राउ गरेको जनाएको हो । पहिलो संविधानसभा निर्वाचनको समयमा २०६४ चैत २७ गते राती राजपुर नगरपालिका ४ र साबिकको राजपुर गाबिस ४ स्थित आलमको घरमा बम बिस्फोट हुदा घाईते यमुनामाई गाउँपालिका ४,साबिक सरुअठा ४ का पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओसि अख्तरलाई जीउदै चिम्नि भट्टामा जलाएर हत्या गरेको आरोप आलम माथि लागेको छ ।
घटनामा मुख्य आरोपमा पूर्वमन्त्री एवम काँग्रेस नेता आफताब पूर्पक्षको लागि गएको कात्तिक २९ गते देखी काठमाडौस्थित नक्खु कारागारमा जेल सजाय भोगी रहेका छन् । पुर्बमन्त्री आफताब आलम र उनका भाई महताब आलम लगायत ११ जनामाथि कर्तब्य ज्यानको मुद्दा प्रहरीले चलाएको थियो । घटनामा प्रहरीले अनुसन्धानले संलग्न देखाएका मध्ये ५ जना पक्राउ परिसकेको जिल्ला प्रहरी रौैतहटले जनाएको छ भने ६ जना अझै फरार रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्