विद्यार्थीलाई खुल्ला मैदानमा बस्नु पर्ने बाध्यता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विद्यार्थीलाई खुल्ला मैदानमा बस्नु पर्ने बाध्यता

    मा प्रकाशित

हस्त चौलागाँई
मंसिर २२, कालिकोट ।
लकडाउनका समयमा प्रायः जसो विद्यालयहरुमा क्वारेन्टाईन निर्माण गरिए । क्वारेन्टाइन निर्माण पछि विद्यालयमा भएका भौतिक पुर्वाधारमा क्षति हुनुका साथै विद्यालयका सामग्रीहरु पनी नष्ट भए । क्वारेन्टाइनपछि विद्यालयलाई स्थानीय सरकारले आइशोलेसन केन्द्रको रुपमा पनि रुपमा स्थापना गरे । क्वारेन्टाईन र आइसोलेसन बनाइएका विद्यालयहरुमा अहिले विद्यार्थीहरु पढ्न जान मान्दैनन् । कालिकोटका अधिकांश विद्यालयहरु अहिले महामारीका कारण सुनसान छन् ।
कतिपय विद्यालयहरुमा पढाई सुरु गरिएको छ । तर विद्यार्थीहरुलाई बस्नका लागि डेक्स बेन्च छैनन् । सान्नीत्रिवेणी गाउँपालिका १ का विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य छन् । विद्यालयको कक्षाकोठा भित्र आवश्यक मात्रमा बेन्च, डेक्सको व्यवस्था नभएपछी विद्यार्थीीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका हुन् । सान्नीत्रिवेणी गाउँपालिका १ सेरीज्युलामा रहेको शंकर माध्यमिक विद्यालयमा बाल कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्छन् ।
कोरोना भाइरस हुनुभन्दा अगाडी विद्यालयमा कार्पेटको व्यवस्था थियो तर लकडाउन पछी विद्यालय संचालनमा आउँदा खुल्ला चौरको धुलोमा बसेर पढ्न बाध्य भएका शिक्षक खेमराज गिरिले बताउनुभयो । उहाँका अनुसार पहिले कार्पेट विछ्याएको भएपनी विद्यालयलाई आइशोलेसन बनाएपछी अहिले सम्म पनी विद्यार्थिहरुले कार्पेट नपाएको गुनासो छ । विद्यार्थीहरुको पढाई सहजताका लागि गाउँपालिकामा निवेदन दिएको भएपनी गाउँपालिकाले कुनै वास्ता नगरेको शिक्षक गिरीले बताउनुभयो । विद्यालयलाई आइशोलेसन बनाएपछी विद्यालयमा भएका सामग्रीहरु पनी हराएका छन्, तर गाउँपालिकाले अर्को व्यवस्था नगरेको शिक्षकहरुले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्