‘सबैको सहकार्यले मात्रै लैगिक हिंसाको अन्त्य’ – Kanika Khabar
Saturday, April 20Nepali News Portal

‘सबैको सहकार्यले मात्रै लैगिक हिंसाको अन्त्य’

    मा प्रकाशित

सूलोचन गौतम
दाङ, २२ मंसीर ।

लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता : व्यक्ति समाज र सबैको प्रतिवद्धता भन्ने नाराका साथ बालबालिका तथा महिलामाथिको बलात्कार विरुद्धको जिल्लास्तरीय अन्तरसंवाद कार्यक्रम आइतवार घोराहीमा सम्पन्न भएको छ ।

बलात्कारविरुद्धको अभियान मूल समिति दाङका संयोजक सुशीला पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले बालिका तथा महिलामाथिको बलात्कारविरुद्ध सबै संवेदनशील भई सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

सहभागीहरुले बालिका तथा महिलामाथिको बलात्कारविरुद्ध बनेका कानुन, नीति–नियमलाई संस्थागत गर्दै समतामूलक समाज निमाणर््ामा सबै एकजुट हुन आवश्यक रहेको बताएका छन् । कार्यक्रममा दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्र थापाले अदालत अपराध नियन्त्रण गर्ने निकाय नभई न्याय र निर्णय दिने निकाय भएकाले विषयको संवेदनशीलतालाई ध्यानमा राखेर न्याय दिने गरेको बताए ।

न्यायाधीश थापाले मुद्दा मामिलाको अनुसन्धान गर्ने निकाय प्रहरीलाई सवल बनाउन सरकारले जोड दिनुपर्ने बताए । अझै पनि आम नागरिकमा राज्य संयन्त्रप्रति, मुलुकको संस्थाप्रति विश्वास नहुनु र नागरिक सामाजिक दबावमा पर्नुले पनि घटनाहरु बाहिर आउन नसकेको उनको अभिव्यक्रि थियो ।

कार्यक्रममा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बालिका तथा महिलामाथि हुने हिंसा तथा अपराध नियन्त्रणका लागि घरपरिवारबाटै समानता र समतामूलक समाज निर्माणमा भूमिका खेल्नुपर्ने बताए । यसका लागि आफ्नो क्षेत्रबाट आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे । यसैगरी दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले बालबालिका तथा महिलामाथिको बलात्कार तथा हिंसां अन्त्यका लागि स्थानीय सरकार अझ बढी संवेदनशील हुन जरुरी रहेको बताउँदै राज्यका निकायबीच समन्वय र सहकार्यको खाँचो रहेको बताए ।

प्रहरी प्रमुख चन्दले महिला बालबालिका तथा जेष्ठ नागरिकका मुद्दालाई संवेदनशील भएर सम्बोधन गर्नका लागि अब जिल्लामा छिट्टै महिला प्रहरी निरीक्षकको व्यवस्था गर्न लागिएको जानकारी दिए । कार्यक्रममा घोराही उपमहनगरपालिकाका उपप्रमुख एवं न्यायिक समिति संयोजक सीता सिग्देल न्यौपानेले जिल्ला अदालतमा पीडितका मुद्दालाई सम्बोधन गर्न वैतरणी वकिलको व्यवस्था भए पनि पीडितका मुद्दालाई चासो नदेखाउने र प्रहरी प्रशासनबाट समेत पीडितमैत्री वातावरण नभएको गुनासो न्यायिक समितिमा आउने गरेको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगीले समाजको अहिलेको अवस्था डरलाग्दो र विखण्डनतर्फ अगागि बढेको बताउँदै यसतर्फ ध्यान जान आवश्यक रहेको बताए । आफ्नो पार्टीभित्र विधानमै बलात्कारीलाई पार्टीको साधारण सदस्य समेत नराख्ने व्यवस्था रहेको बताउँदै नेपाली कांग्रेस बालिका तथा महिलामाथि हुने हिंसा तथा बलात्कारविरुद्धका मुद्दामा संवेदनशील रहेको बताए ।

कार्यक्रममा अन्तरपार्टी महिला सञ्जालका लुम्बिनी प्रदेश संयोजक नारायणी शर्मा, अधिकारकर्मीहरु हुमा डीसी, शुष्मा गिरी, देवा डाँगी, ओरेकका ईश्वरी थापालगायतले मन्तव्य राखेका थिए । बलात्कारविरुद्धको अभियान मूल समिति दाङका सदस्य साजिदा सिद्धिकीले कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने सहजीकरण पुनम सेर्पाइलीले गरेकी थिइन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्