ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

ब्रेक्जिट सङ्क्रमणकाल थप नगरिने

    मा प्रकाशित

एजेन्सी ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रबक्ताले बेलायतले ब्रेक्सिट संक्रमणको अबधिलाई थप गर्ने सम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

ब्रसेल्समा ब्रेक्जिटसम्बन्धी वार्ताको चर्चा चलिरहँदा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका प्रवक्ताले सोमबार बेलायत ब्रेक्जिट संक्रमणको अबधिलाई थप गर्नेसम्बन्धी थप वार्ताको सम्भावनालाई अस्वीकार गर्ने बताएका हुन् ।

 

“अवश्य पनि समय एकदम कम छ । हामी अन्तिम चरणमा छौंं ।” प्रधानमन्त्रीका प्रवक्ताले पत्रकारलाई भने ।

“हामीसँग समय भएसम्म र अझै पनि सम्झौता सम्भव छ भने हामी वार्ता गर्न तयार र्छौं ।” यद्यपि उनले संक्रमणको अवधि भने नलम्बिने कुरामा जोड दिए ।

उनले भने, “हामीले धेरै अवसरहरुमा प्रष्ट पारिसकेका छौं, हामीले संक्रमणको अवधिलाई थप गर्ने छैनौं ।”

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्