भिरमा युवक मृतावस्थामा फेला – Kanika Khabar
Wednesday, February 12Nepali News Portal

भिरमा युवक मृतावस्थामा फेला

    मा प्रकाशित

अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा आज एक युवक मृतावस्थामा फेला परेका छन् ।

पाणिनी गाउँपालिका–७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ । घरबाट सुन्तला बेच्न हिजो सुपा देउरालीमा गएका उनी आज दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्