तिलामा १० श्ययाको अस्पताल शिलान्यास – Kanika Khabar
Friday, February 14Nepali News Portal

तिलामा १० श्ययाको अस्पताल शिलान्यास

    मा प्रकाशित

मंसिर २३, जुम्ला ।
जुम्लाको तिला गाउँपालिका–३ मा १० श्यया अस्पतालको शिलान्यास गरिएको छ । एक स्थानीय तह एक अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको अभियानअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले आज सो अस्पतालको शिलान्यास गरेका हुन् ।

सो अवसरमा उनले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेकाले बजेटको अभाव हुन नदिइने बताए । “स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, यसमा हामी बजेट अभाव हुन दिने छैनौँ”, उनले भने, “हामी नागरिकको स्वास्थ्य स्थितिमा सुधार ल्याउनका लागि अघि बढेका छौँ ।” अस्पताल निर्माणपछि सबै जनशक्ति तथा उपकरण व्यवस्थापन सङ्घीय सरकारले गर्ने राज्यमन्त्री रावतले बताए ।

गाउँपालिका अध्यक्ष रतननाथ योगीले स्वास्थ्य, शिक्षा, सडक, विद्युतीकरण, खानेपानी, सिँचाइ र कृषिको आधुनिकीकरणमा तीव्र गतिमा काम अघि बढाएको बताए । रु १० करोड लागतमा सो अस्पताल निर्माण गरिने भएको छ । आधारभूत स्वास्थ्य सेवा नपुगेका मुलुकका ३९६ पालिकामा पाँचदेखि १५ श्ययाको अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप यहाँको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल र तिला गाउँपालिकामा १० श्यया अस्पताल निर्माण हुँदैछन् । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्