जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन विजयी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जर्जियामा तेस्रो पटकको मतगणनामा पनि बाइडेन विजयी

    मा प्रकाशित

एजेन्सी/

अमेरिकाको जर्जिया राज्यमा तेस्रो पटक गरिएको मतगणनामा पनि जो बाइडेन विजयी भएका छन् ।

चुनावमा धाँधली भएको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियाले मतगणनाका लागि आग्रहमा जर्जियामा गरिएको तेस्रो पटकको मतगणनामा पनि ट्रम्पको पराजय भएको हो ।

 

रिपब्लिकनहरुको पकड रहँदै आएको राज्य जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार मतले पछि पारेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन् ।

जर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्पगरले तेस्रो पटक भएको मतगणनाको नतिजा घोषणा गरेका हुन् ।

ट्रम्पले भने अझै पनि बिना प्रमाण धाँधलीको आरोप लगाउँदै पराजय स्वीकारेका छैनन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ ।

बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् । अमेरिकामा गएको नोभेम्बर ३ मा चुनाव भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्