मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार भएन : आयोग – Kanika Khabar
Saturday, September 18Nepali News Portal

मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार भएन : आयोग

    मा प्रकाशित

मंसिर २३, काठमाडौँ ।
मानव अधिकारको अवस्थामा अपेक्षाकृत सुधार हुन नसकेको राष्ट्रिय मानव अधिकार आयोगले ठहर गरेको छ । आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्दै भविष्यमा सुधारको अपेक्षा गरिएको जनाएको हो ।
आयोगको प्रतिवेदनले औँल्याएका विषयको कार्यान्वयन तथा नागरिकको मानव अधिकार संरक्षण र संवर्द्धन संवेदनशील हुन आयोगले सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

समाजमा जातीय भेदभाव कायमै रहेको, जीवनको अधिकारमा चुनौती देखिएको, उपभोक्ताका अधिकार कुण्ठित भएका, शिक्षा तथा स्वास्थ्य सेवामा सबैको पहुँच हुन नसकेको पाइएको आयोगले बताएको छ ।
सीमान्तकृ्त वर्ग एवम् समुदायका अधिकार सुनिश्चित हुन नसकेको र कोभिड–१९ का कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको आयोगले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा यस अवधिमा मानव अधिकार उल्लङ्घनका १ सय ३२ उजुरी दर्ता भएका छन् । नयाँ दर्ता भएका र पुराना गरी ७ सय ९५ उजुरीमाथि अनुसन्धान सम्पन्न भएको र मानव अधिकारका विविध विषयमा १ सय २८ पटक अनुगमन भएको उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्