कनिका खबर
मंसिर २३, रुपन्देही ।
कस्तुरीको विणसहित तीन जना पक्राउ परेका छन् । रुपन्देही प्रहरीले कस्तुरीको विणासहित ३ जनालाई पक्राउ गरेको हो ।
जिल्लाको देवदह १० भलुहीबाट १ थान कस्तुरीको विणा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कस्तुरीको प्रतिबन्धित विणाको कारोबार भइरहेको सूचनाका आधारमा देवदह नगरपालिका १० स्थित स्थानीय टेक बहादुर विकको घरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त विणाको तौल ६१ः ४० ग्राममा रहेको छ ।
पक्राउ पर्नेहरुमा अर्घाखाची छत्रदेव २ का सुकुरदिन मिया, बागलुङ नगरपालिका ६ का रमेश विक तथा रुपन्देहीको बुटवल उपमहानगर ११ का दिपक विक रहेका छन् ।
फक्राउ परेको ३ जना र बरामद भएको विणा थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोख्रेलले जानकारी दिए ।
रुपन्देही प्रहरीले आइतबार मात्र बुटवल उपमहानगर ८ सुख्खानगरस्थित कलश होटलबाट १ थान गैडाको खाग बरामद गरेको थियो ।
पक्राउ गर्ने क्रममा प्रहरीको पेस्तोल खोसाखोस गर्ने क्रममा एकजना खाग तस्कर गम्भीर घाइते समेत भएका थिए । उनीहरूको पनि वन कार्यालयमार्फत नै अनुसन्धान भैरहेको छ ।